 
                     
                                
                             
                                    काठमाण्डौ। नेपाल प्रहरीको मुख्यालयमा कार्यरत थप २८ जना प्रहरी कर्मचारी कोरोना संक्रमण पुष्टि भएको छ।
प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार हिजो बिहीबार साँझ र शुक्रबार बिहानसम्म प्राप्त पीसीआर नतिजाअनुसार काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै प्रहरी प्रधान कार्यालयमा कार्यरत ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसअघि कार्यालयको सवारी तथा सञ्चार शाखामा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गरिँदा कार्यालयमा थप प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19