काठमाण्डौ । प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता सेयर चैत २१ गतेबाट बिक्रीमा राखिने भएको छ। 

बैंकको ९ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सेयरका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सकिनेछ। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको मतलब आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

इच्छुक लगानीकर्ताले यही चैत २९ गतेसम्म बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।