काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरपछिको एकीकृत कारोबार प्रयोजनार्थ तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि वैशाख २६ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो। मर्जरपछि यी तीनै कम्पनीले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्दैछन्। 

यी तीनै कम्पनी १ः१ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। गत वैशाख २६ गतेको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।