काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले यही फागुन १९ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। सार्वजनिक निष्कासन गरिने इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ७० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १३ लाख ३० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ इकाइदेखि अधिकतम ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु वा तिनका तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ र कमलपोखरीस्थित प्राइम कमर्सियल बैंक लिमिटेडको रजिस्टर्ड केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।
यो ऋणपत्रको निष्कासन छिटोमा फागुन २३ गते र ढिलामा चैत ४ गते बैंकिङ समयपछि बन्द हुनेछ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
प्राइम बैंकको यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत पुस २६ गते निष्कासन अनुमति दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago