काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको रु. ३.५ अर्बको ऋणपत्रमा आज (फागुन २८) गतेबाट आवेदन खुला गरिएको छ।
बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५% प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिएको हो। कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ।
सार्वजनिक निष्कासन गरिने इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ७० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १३ लाख ३० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ इकाइदेखि अधिकतम ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु वा तिनका तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ र कमलपोखरीस्थित प्राइम कमर्सियल बैंक लिमिटेडको रजिस्टर्ड केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।
यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
प्राइम बैंकको यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत पुस २६ गते निष्कासन अनुमति दिएको थियो।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। ऋणपत्र निष्कासन बन्द छिटोमा चैत ३ गते र ढिलामा चैत १३ गते हुने भनिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19