काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै गत पुस २१ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। धितोपत्र बोर्डबाट अनुमति पाएमा यो बैंकले १ हजार अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। 

बैंकले कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र १० लाख इकाइ सर्वासाधारणलाई बिक्री गर्नेछ। 

१० वर्षे यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।