काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले फागुन २३ गते प्राइम कमर्सियल बैंकलाई ‘प्राइम डिबेन्चर २०८०’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो। 

धितोपत्र बोर्डको अनुमतिसँगै अब प्राइम कमर्सियल बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ। 

बैंकको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। यो १० वर्षे अवधिको ऋणपत्र हो। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।