काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले यही चैत १६ गतेबाट २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।
कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट दिन सकिनेछ।
यस ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गते बैंकिङ समयपछि हुनेछ।
यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
यो १० वर्षे अवधिको ऋणपत्र हो। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले यो ऋणपत्रलाई गत फागुन २३ गते निष्कासन अनुमति दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19