काठमाण्डौ । प्राइम कमर्सियल बैंकको रु. ५ अर्बको ऋणपत्रले निष्कासन अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुधबार (जेठ १८ गते) प्राइम बैंकको ‘प्राइम डिबेन्चर–२०८४’ नामक ऋणपत्रलाई निष्कासन अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ। बैंकले कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ। 

यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।