काठमाण्डौ । प्राइम कमर्सियल बैंकले यही जेठ २१ गतेबाट रु. ५ अर्बको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।
प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र जारी गर्नै भएको हो। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री गर्नेछ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन बन्द छिटोमा असार ३ गते र ढिलोमा असार १४ गते बैंकिङ समयपछि हुनेछ।
लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।
यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago