काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले निश्कासन गरेको एफपीओमा थामिनसक्नुु आवेदन परेको छ । यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा करिब ४६ लाख कित्ताका लागि आवेदन परेको हो ।
कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओका लागि ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका एक अधिकारीले बताए ।
यो हिसाबले एफपीओमा मागभन्दा ६.१२ गुणा बढी आवेदन परेको देखिएको छ ।
एफपीओमा अन्तिम दिन मात्रै ८४ हजार बढीले आवेदन दिएका छन् । कुल १ लाख ८३ हजार ८ सय ४६ वटा आवेदन परेको हो । कम्पनीको एफपीओमा आवेदन दिने समय बुधबारसम्म थियो ।
दोश्रो बजारमा प्रतिकित्ता १ हजार ३०० भन्दा माथिको दरमा खरीदबिक्री भइरहेको प्रिमियर इन्स्योरेन्सको एफपीओ ७ सय ९९ रुपैयाँमै पाउने अवसरको सदुपयोग गर्ने लगानीकर्ताहरुको संख्या निकै देखिएको छ । यहीकारण समेत लगानीयोग्य रकमको अभाव हुँदा समेत कम्पनीको एफपीओमा उल्लेख्य आवेदन परेको देखिएको छ ।
इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ हजार २ सय ९० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो ।
हाल यो कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी बढेर साढे ५१ करोडको हाराहारीमा पुुग्नेछ ।
एफपीओ बिक्रीपछि प्रिमियमबाट मात्रै यो कम्पनीले ४६ करोड १० लाख बढी आम्दानी गर्नेछ । यो रकम सञ्चित कोषमा जम्मा हुनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यो हिसाबले यो कम्पनीले आगामी दिनमा प्रिमियमबाट प्राप्त रकमको समेत सदुपयोग गर्दै लगानीकर्तालाई निकै राम्रो बोनस सेयर दिनसक्छ ।
कहिले होला बाँडफाँड ?
एनएमबी क्यापिटलका एक अधिकारीले प्रिमियर इन्स्योरेन्सको एफपीओको बाँडफाँड अबको एकमहिनाभित्र गरिसक्ने बताएका छन् । १० दिनभित्र आवेदन संकलन केन्द्रहरुबाट छुटपुट तथ्यांक आउने र त्यसपछि आवश्यक तयारी गरी १ महिनाभित्र बाँडफाँड सकिसक्ने उनले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago