काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १० गते) अन्तिम मौका रहेको छ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभाका लागि भोलि (चैत ११ गते) देखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब आजसम्म कायम सेयरधनीहरुले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांश कम्पनीले यही चैत २३ गते डाकेको २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमामा आउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19