काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६० करोड ५६ लाख बढी बिमाशुल्क आर्जन गरेको छ । 

अघिल्लो वर्षभन्दा बिमा शुल्क आर्जन घटेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ६२ करोड बढी बिमाशुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले १५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १३ करोड ३५ लाखमा सीमित थियो । 

प्रिमियरले पुनर्बिमा कमिसनबाट १५ करोड ६८ लाख, लगानी कर्जा तथा अन्यबाट ६ करोड ४१ लाख आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा पुनर्बिमा कमिसनबाट १२ करोड ४८ लाख र लगानी कर्जा तथा अन्यबाट ५ करोड २३ लाख आर्जन गरेको थियो । 

यो अवधिमा कम्पनीले ३४ करोड १६ लाख बढी दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २९ करोड ८७ लाख दाबी भुक्तानी गरेको थियो।

अघिल्लो वर्ष ४३ करोड ४२ लाखमा सीमित बिमा कोषको आकार बढाई ४७ करोड ८८ लाख पुर्याएको कम्पनीले ३ करोड ९४ लाखमा सीमित महाविपत्ति जगेडाको आकार बढाई ४ करोड ३८ लाख पुर्याएको छ भने ७० करोड ४५ लाख रहेको जगेडाकोषमा संकुचन आई ६४ करोड १९ लाख कायम भएको छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३४.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २९९.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.७० गुणा कायम भएको छ ।