काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ८४% बोनस सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।
बुकक्लोजको अघिल्लो दिनसम्म कायम लगानीकर्ताले मात्रै लाभांश पाउने भएकाले उक्त बोनस पाउन बिहीबारसम्म शेयर कायम भएको हुनुपर्छ। इन्स्योरेन्सले असार ३१ गते गर्ने २५ औँ वार्षिक साधारणसभाका लागि असार २० गते शुक्रबारदेखि बुकक्लोज गर्दैछ।
वार्षिक साधारणसभामा कम्पनीले आफ्ना सेयरधनीहरुलाई ८४ प्रतिशत बोनस सेयर वितरण वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको कमाइबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँको ८४ प्रतिशत दरले ४९ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।
बोनसमा लाग्ने कर भने कम्पनीले आफ्ना शेयरधनीहरुलाई नै तिराउने भएको छ । बोनस वितरणपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँभन्दा माथि हुन आउने छ ।
त्यस्तै साधारणसभाबाट कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीसँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
प्रिमियर इन्स्योरेन्सको शेयर हिजो बुधबार दोस्रो बजारमा प्रतिकित्ता ९६० रुपैयाँमा कारोबार भएको थियो ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago