काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (स्पेसल प्रि–ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सीमालाई परिमार्जन गरेको छ।
सेबोनले आज विज्ञप्ति जारी गर्दै प्रि–ओपसन सेसनमा कायम रहेको मूल्य घटबढको सीमालाई घटाएर २ प्रतिशतमा झारेको हो। यसअघि यस्तो सीमा ५ प्रतिशत रहेको थियो।
प्रि–ओपसन सेसनमा मूल्य घटबढको सीमा ५ प्रतिशत हुँदा धेरै चलखेल भएको गुनासो उठ्दै आएकोमा त्यसलाई २ प्रतिशतमा घटाएर बोर्डले लगानीकर्ताहरुको गुनासो सम्बोधन गरेको हो। प्रि–ओपसन सेसनमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने गरेको धितोपत्र कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको सेबोनले जनाएको छ। यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन पनि सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।
हिजो साउन ९ गतेमात्रै बिजशालाले यस विषयमा समाचार प्रकाशित गरेको थियो। बोर्डको यो निर्णयलाई आमलगानीकर्ताहरुले सकारात्मक रुपमा लिँदै स्वागतयोग्य कदम भएको बताएका छन्।
हेर्नुहोस् यो समाचार पनि –
प्रि–ओपन सेसनमा मूल्य २%मात्र घटबढ गर्न पाइने व्यवस्था ल्याउँदै सेबोन, नेप्से पनि सकारात्मक
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago