काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख कित्ता सेयर आज भदौ ३ गतेदेखि बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजपत्र संलग्न सुनसरीको दुहबीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19