काठमाण्डौ । एकातिर जहाँ विश्वका थुप्रै देश जनतालाई कोरोनाविरुद्ध भ्याक्सिन लगाउन आतुर छन् । बेलायत र रुसमा त कोरोना भ्याक्सिन लगाउन सुरु पनि गरिसकिएको छ। तर अहिले बजारमा यो भ्याक्सिनको मूल्य कति पर्ला भन्ने विषयमा निकै चर्चा चल्न थालेको छ।
यस्तै अन्तर्राष्ट्रिय फार्मा कम्पनी फाइजरले आफूले उत्पादन सुरु गरेको कोरोना भ्याक्सिनको मूल्य अलग–अलग देशमा छुट्टाछुट्ट हुने जनाएको छ। फाइजरले कोरोना भ्याक्सिनको अन्तरमूल्य निर्धारण गरिने स्पष्ट पारेको छ।
फाइजर इंकका अध्यक्ष तथा सीईओ अल्बर्ट बोरलाले इन्टरनेसनल फेडरेस अफ फार्मास्युटिकल म्यान्युफ्याक्चरर्स एन्ड एसोसिएसन (आईएफपीएमए) को एउटा कन्फ्रेन्समा विश्वभर फाइजरको भ्याक्सिन उपलब्धता सहज बनाउन पनि अन्तरमूल्य निर्धारण गर्न लागिएको बताए। उनले भने, ‘अहिले हामी देशअनुसार छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने काममा लागेका छौँ।’
बोरलाले देशहरुको जीडीपीका आधारमा भ्याक्सिनको मूल्य निर्धार हुने बताए। मध्यम आय भएका देशका लागि भ्याक्सिनको मूल्य कम हुने र कम आय भएका देशहरु जस्तै अफ्रिाकालगायतमा यो भ्याक्सिन बिना नाफा उपलब्ध गराइने उनले जानकारी दिए। त्यस्ता देशमा भ्याक्सिनको लागत मूल्यमात्र लगाइने उनले स्पष्ट पारे।
विकसित देशहरुमा पनि भ्याक्सिनको मूल्य मानिसले सजिलै तिर्न सक्ने हिसाबले तय गरिने बोरलाले जानकारी दिए। जस्तै अमेरिकामा यो भ्याक्सिनको मूल्य प्रतिडोज १९.५० रुपैयाँ हुन उनको भनाइ छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19