काठमाण्डौ । फूटपाथमा जथाभावी संचालन हुने खुद्रे पसल, जथाभावी नांग्लो तथा ठेलामा गरिने व्यापार तथा सडकमा पसल थापेर हुने व्यापारले ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बनेको र सहर अव्यवस्थित देखिएको भन्दै काठमाण्डौ महानगरले यस्ता व्यापारीलाई निरुत्साहित गर्ने रणनीति बनाएको छ । यही रणनीति अनुसार फूटपाथे व्यापारीहरुलाई विस्थापन गर्ने उद्देश्यले दैनिक महंगो जरीवाना तोकिएको छ । 

काठमाण्डौ महानगरपालिकाको असार ३१ ग्तेको नगरसभाबाट स्वीकृत आर्थिक ऐनमा फूटपाथमा व्यापार गर्नेहरु विस्थापन हुने गरी जरीवाना शुल्क तोकिएको हो । 

२ पांग्रे ठेला पक्राउ परेपछि  १ हजार जरीवाना तिरेर मात्र सामान फिर्ता लिन पाउने कडा व्यवस्था गरिएको छ । यस्तै, ३ वा ४ पांग्रे गाडा तथा ठेलालाई १५ सय जरीवाना, साइकलमा फलफूल राखेर बिक्री गर्नेलाई पक्राउ गरी एकदिनको १५ सय जरीवाना लगाउने समेत ऐनमा उल्लेख छ । 

फूटपाथमा संचालन हुँदै आएका कस्तो व्यापारलाई कति जरीवाना तोकिएको छ, हेरौं :