काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ ।
भारतमा पेट्रोल डिजेलको मूल्यमा निकै ठूलो गिरावट आएका कारण नेपालमा इण्डियन आयल कर्पोरेसनले पठाउने नयाँ मूल्यसूचि पनि घटेर आएका कारण बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले घटेको हो ।
नयाँ मूल्यसूचि अनुसार अब पेट्रोल लिटरको १०८ रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ ।
नयाँ मूल्य समायोजनपछि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा निगमलाई नाफा छ, तर एलपी ग्यासमा भने अझै प्रतिसिलिण्डर ८०.६९ रुपैयाँ घाटा रहेको निगमको दाबी छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19