काठमाण्डौ । अनियन्त्रित महङ्गी र कालोबजारीका कारण प्रताडित सर्वसाधारणको ढाड सेक्ने गरी पुनः नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । 

स्वचालित मूल्य प्रणाली लागू गर्ने नाममा निगमले इन्धनको मूल्यभा भारि वृद्धि गरेको हो । 

मंगलबार राति बसेको निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा एकैपटक लिटरमा १४ रुपैयाँले मूल्य बढाएको हो । 

पेट्रोलको मूल्य भने प्रतिलिटर ५ रुपैयाँले बढेको छ । 

मूल्य बढेपछि पेट्रोलको नयाँ भाउ प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १६४.५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।