काठमाण्डौ । खगोलविदहरुले पृथ्वीबाट सबैभन्दा नजिकमा रहेको ब्ल्याक होल पत्ता लगाएका छन्।
यो ब्ल्याक होल पृथ्वीबाट १ हजार प्रकाशवर्ष अर्थात करिब ९.५ हजार मिलियन किलोमिटर तारामण्डल टेलिस्कोपियममा रहेको छ। यो दूरी त्यति धेरै नजिक भने होइन तर ब्रह्माण्डको मापनमा यो वास्तवमै ठिक अर्काेपट्टी छ।
वैज्ञानिकहरुले पत्ता लगाएको यो ब्ल्याक होलले दुुइटा तारासँग अन्तक्र्रिया गरेको छ। एउटाले ब्ल्याक होलको परिक्रमा गर्छ भने अर्काेले भित्री जोडीलाई परिक्रमा गर्छ।
सामान्य रुपमा ब्ल्याक होलहरु ग्यास र धुुलोको एक्रिटिङ डिस्कको अन्तक्र्रिया गर्ने तरिकाबाट पत्ता लाग्ने गर्दछ। जब उनीहरुले यी सामग्रीहरुमा उथलपुुथल गर्दछन् तब प्रचूर मात्रामा एक्से उत्सर्जित हुुने गर्दछ। यो उच्च ऊर्जा संकेत हो। जसलाई टेलिस्कोपले पत्ता लगाउने गर्दछ।
त्यसैले यो एउटा अस्वभाविक घटना हो। जहाँ ताराहरुको गति एकसाथ देखिन्छ। जसलाई एचआर ६८१९ भन्ने गरिन्छ। “हामीहरुलाई लाग्दछ कि यो पहिलो यस्तो केस हुुन सक्छ जहाँ यस्तो तरिकाबाट ब्ल्याक होल पत्ता लागेको होस्। त्यतिमात्रै होइन यो अन्य ब्लयाक होलभन्दा धेरै नजिक रहेको छ”, खगोलविद् डाइट्रिच बाडेले भने।
रोचक पक्ष के भने यदि तपाइँको दक्षिण आकाशसँगको पहुुँच छ भने एचआर६८१९ लाई नाङ्गो आँखाले देख्न सक्ने सम्भावना देखिएको छ। यसका लागि बाइनाकुुलर र टेलिस्कोपको आवश्यकता पर्ने छैन। तर यसका लागि केही अवस्थाहरु केही कठिन रहेको छ। किनकि तारा प्रणाली केवल सूर्य पछाडिबाट मात्रै देखा पर्दै आएको छ।
वैज्ञानिकहरुले एचआर ६८१९ को अध्ययन धेरै वर्ष अघिदेखि गर्दै आइरहेका छन्। यो एउटा तारा हो, जुन यति तीव्रगतिमा घुुम्दछ र आफैँमा अलग हुुने गर्दछ।
वैज्ञानिकहरु हाम्रो आकाशगंगामा केही दर्जन ब्ल्याक होलमात्रै पत्ता लगाएका छन्। तर उनीहरुले यस्ता ब्ल्याक होल धेरै संख्यामा हुुन सक्ने बताएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago