काठमाण्डौ । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई बचाउन दुईवटा अर्को जीवनरक्षक भ्याक्सिन फेला परेका छन्। यी भ्याक्सिनको प्रयोगले मृत्युको आँकडा एक चौथाइ कम हुने दाबी पनि गरिएको छ।
एनएचएसको इन्टेसिभ केयर युनिट (आईसीयू) मा टोसीलिजुम्याब र सरिलुम्याब नामक भ्याक्सिनको ट्रायल गर्ने शोधकर्ताहरुले यी भ्याक्सिनको एक डोज बिरामीलाई दिइनुपर्छ र उपचार गरिने हरेक १२ बिरामीमध्ये एक अतिरिक्तको ज्यान बचाउन सकिन्छ।
विशेषज्ञाहरुका अनुसार यी भ्याक्सिन पूरै बेलायतमा पहिलेदेखि उपलब्ध छ। त्यसैले यी भ्याक्सिनलाई तुरुन्तै प्रयोग गर्न सकिन्छ । ता कि सयौँ बिरामीको ज्यान बचाउन सकियोस्।
बेलायतका अस्पतालहरु अहिले ३० हजारभन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ। गत वर्षको अप्रिलको तुलनामा यो ३९ प्रतिशतले बढी हो।
बेलायत सरकारको औषधि निर्माता कम्पनी लगातार कोसिस गरिरहेका छन् यी भ्याक्सिन कोरोना संक्रमित बिरामीलाई सहजै उपलब्ध गराउन सकियोस्। ज्यान बचाउनुका साथै यी भ्याक्सिनको प्रयोग बिरामी छिटोभन्दा छिटो ठिक पार्न पनि निकै लाभदायी रहेको विशेषज्ञहरु दाबी गर्छन्।
यी भ्याक्सिन निकै असरदार छन्। यद्यपि मूल्य पनि धेरै सस्तो छैन । यी भ्याक्सिन प्रयोग गर्दा प्रतिबिरामी ७५० पाउन्डदेखि १ हजार पाउन्डबीच खर्च हुन आउँछ ।
यी दुवै भ्याक्सिन एस्टेरोयड डेक्सामेथासोनका साथ बिरामीलाई दिइनुपर्छ । डेक्सामेथासोनमा भने ५ पाउन्डजति खर्च हुन आउँछ।
विशेषज्ञहरुका अनुसार यी भ्याक्सिन फाइदा भनेको आईसीयूमा प्रतिदिन हुने बेड खर्चभन्दा कम हुन आउँछ। बेलायतमा आईसीयूको प्रतिदिन खर्च न्यूनतम २ हजार पाउन्ड रहेको छ।
मुख्य शोधकर्ता तथा इन्पिरियल कलेज लन्डनका प्रोफेसर एन्थनी गार्डोनका अनुसार बेलायतसहित ६ वटा अन्य देशका आईसीयूमा करिब ८०० बिरामीमाथि यी भ्याक्सिनको ट्रायल भएको थियो। जहाँ आईसीयूमा भर्ना भएका २४ घन्टाभित्रै यी भ्याक्सिन दिँदा मृत्युको आँकडा एक चौथाइले घटेर २७ प्रतिशतमा झरेको थियो। जब कि यसअघि यस्तो आँकडा ३६ प्रतिशत रहेको थियो।
एनएचएसका नेसनल मेडिक डाइरेक्टर प्रोफेसर स्टिफन पोबिसका अनुसार यी भ्याक्सिनको प्रभावकारिताले निकै राहात महसुस भएको छ। यो कोरोनाविरुद्धको लडाइमा निकै सकारात्मक खबर रहेको उनले सुनाए।
चिकित्सकहरुले यी भ्याक्सिन त्यस्ता बिरामीलाई दिन सल्लाह गरेका छन्, जो डेक्सामेथासोन दिँदा पनि गम्भीर अवस्थामा छन् र जसलाई स्याहारको अति आवश्यक छ।
बेलायत सरकारले टोसिलिजुम्याब र सरिलुम्याब दुवै भ्याक्सिन अन्य देशमा निर्यात गर्न रोक लगाएको छ। – बीबीसी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19