काठमाण्डौ । डिजिटल पेमेन्ट सिस्टमको दायरा दिनानुदिन बढ्दै गइरहेको छ। अहिले समाजिक सञ्जालहरु पनि आआफ्नो डिजिटल पेमेन्ट सिस्टम धमाधम लन्च गरिरहेका छन् ।

सन् २०१९ को दास्रो चौमासिक विवरण अनुसार मासिक २.४१ सक्रिय प्रयोगकर्ता रहेको फेसबुकल पनि यसै क्रममा आफ्नो ई–वालेट ‘फेसबुक पे’ लन्च गरेको छ ।

फेसबुकले आफ्नो कम्पनीहरु फेसबुक, ह्वाटस्एप, मेसेन्जर र इन्स्टाग्राममा भुक्तानी गर्नका लागि फेसबुक पे लन्च गरेको जनाएको छ । फन्डरेजिङ, इन गेम खरिद, कार्यक्रमको टिकट, मेसेन्जरमा पर्सन टु पर्सन पेमेन्ट र फेसबुक मार्केट प्लेसमा पेजेज तथा व्यापारिक खरिदका लागि फेसबुक पेको सुरुआत गरिएको जनाइएको छ ।

फेसबुकका मार्केट प्लेस तथा कमर्स विङ्गका भाइस प्रिसिडेन्ट देबोराह लियुले समयअनुसार फेसबुक पेलाई विस्तार गर्दै अन्य स्थान तथा इन्स्टाग्राम तथा वाट्सएपमा पनि शुरु गर्ने बताए ।

फेसबुक पे मौजुदा वित्तीय ढाँचा तथा समझदारीहरुमा बनेको छ । यो कम्पनीको डिजिटल करेन्सी लिब्रा नेटवर्कमा सञ्चालन हुने क्यालिब्रा वालेटभन्दा भिन्न छ ।

फेसबुक पे प्रयोग गर्नका लागि पहिले फेसबुक एप या वेबसाइटको सेटिङमा गएपछि फेसबुक पेमा गएर पेमेन्ट मेथड जोड्न सकिन्छ । यसपछि अर्काेपटक भुक्तानी गर्नका लागि फेसबुक पेको प्रयोग गर्न सकिन्छ ।

ह्वाटस् एप तथा इन्टाग्राममा फेसबुक पे सञ्चालन हुनेबित्तिकै यसलाई प्रत्येक एपमा सीधै सेट गर्न सकिन्छ । –एजेन्सी