काठमाण्डौ । विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको १० प्रतिशत हिस्सा खरिद गर्ने चाहेको खुल्न आएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार जियोको बजार मूल्यांकन ६५ देखि ७० बिलियन डलर अर्थात् भारु ५ हजार करोडभन्दा माथि रहेको छ। यस्तो यदि फेसबुकले १० प्रतिशत हिस्सा किन्ने हो भने उसले करिब ६.५ देखि ७ बिलियन डलर लगानी गर्नुपर्ने हुन्छ।
त्यसो त फेसबुकबाहेक गुगलसँग जियो कम्पनीले हिस्सा बेच्ने कुरा गरिरहेको समाचार स्रोतहरु बताउँछन्। यद्यपि यी दुवै भइरहेको डिलका विषयमा आधिकारिक रुपमा बाहिर आइसकेको छैन।
जियो सन् २०१५ मा लन्च भएको हो। यसका मालिक भारतकै धनाढ्य मुकेश अम्बानी हुन्। आधिकारिक रुपमा जियोको सञ्चालन सन् २०१६ बाट सुरु भएको थियो।
पछिल्लो ४ वर्षमै जियोको ग्राहक संख्या ३७ करोडभन्दा माथि पुगिसकेको छ। अहिले यो भारतकै सबैभन्दा ठूलो टेलिकम बन्न सफल भएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19