काठमाण्डौ। विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकले कोरोनाभाइरसका कारण घरमै बसेर काम गर्ने रणनीति (वर्क फ्रम होम पोलिसी) लाई समर्थन गरेको छ।
कम्पनीका सीईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीका ५० प्रतिशत कर्मचारी अझै ५ वर्षदेखि १० वर्षसम्म वर्क फ्रम होम गर्ने बताएका छन्। उनले कम्पनीले यो निर्णय कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर लिएको स्पष्ट पारेका छन्।
फेसबुकले कोरोना संकटपछि अफिस खुलेमा सुरुआती चरणमा केवल २५ प्रतिशत कर्मचारीलाई मात्र अफिसबाट काम गर्ने अनुमति दिनेछ। अन्य कर्मचारीलाई भने घरबार्ट काम गर्ने प्रबन्ध मिलाइने मार्क जुकरबर्गले बताए।
फेसबुकले यो वर्षभरित वर्क फ्रम होमको पोलिसी लागू गरेको छ। आगामी वर्षको जनवरीबाट पनि यो पोलिसी लागू हुने कम्पनीले जनाएको छ।
जुकरबर्गले कर्मचारीहरु जहाँ बसेर काम गर्न चाहन्छन्, त्यहीँ तलबको व्यवस्था गरिने बताएका छन्। ‘हामीले कर्मचारीले भनेकै लोकेसनमा तलबको व्यवस्था गर्छौं’, उनले भनेका छन्, ‘यदि कर्मचारी इमान्दार नदेखिए, कडा फैसला लिन बाध्य हुनेछौँ।’
फेसबुक पेजको लाइभ स्ट्रिमिङमा जुकरबर्गले कम्पनीले आउने दिनमा एड्भान्सड इन्जिनियरिङका लागि कर्मचारी भर्ना गर्ने पनि बताएका छन्।
मार्केट वाचअनुसार क्यालिफोनिर्याको मेनलो पार्कस्थित फेसबुक हेडक्वाटरको औस घरेलु मूल्य २.४ मिलियन डलर छ। जब कि व्यापक खाडी क्षेत्रमा औस घरेलु मूल्य गत वर्ष ९ लाख २८ हजार डलर थियो।
फेसबुकको इन्टरनल सर्भेमा मौका मिले कर्मचारीहरुले अन्य स्थानमा गएर काम गर्न पनि तयार रहेको देखिएका छन्। लगभग ६० प्रतिशत कर्मचारीहरुले साना सहरहरुमा जान रुचि देखाएका छन्।
यी कम्पनीले पनि दिएका छन् कर्मचारीलाई घरबाटै काम गर्ने अनुमति -
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19