काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ।
फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो। नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न सक्छन्।
फेसबुकले बन्द गरिरहेको अर्को फिचर भनेको वेदर अलर्टस सुविधा हो। यसबाट प्रयोगकर्तालाई मौसमको जानकारी दिइन्छ।
फेसबुकले जारी गरेको सूचनाअनुसार यी दुवै फिचरले ३१ मेपछि काम गर्ने छैनन्।
सामाजिक सञ्जाल प्लेटफर्मले यो पनि भनेको छ कि प्रयोगकर्ताले जुन लोकसन हिस्ट्री सेयरअ गरेका छन्, त्यो १ अगस्टसम्म मात्र हेर्न र डाउनलोड गर्न सकिन्छ। त्यसपछि यसलाई सर्भरबाट डिलिट गरिने कम्पनीले जनाएको छ।
फेसबुकले मे ३१ देखि यी फिचरहरुका लागि ट्रयाकिङ र लोकेसनको जानकारी संकलन बन्द गर्ने पनि जनाएको छ। यसको मतलब कम्पनीले लोकेसन जानकारी संकलन गर्दैन भन्ने होइन।
फेसबुकले अन्य फिचरहरुका लागि लोकेसन हिस्ट्रीलाई निरन्तर संकलन गरिने जनाएको छ। यद्यपि कम्पनीले कुन फिचरका लागि लोकेसन हिस्ट्री संकलन गरिनेछ भन्नेबारे स्पष्ट पारेको छैन। –एजेन्सी
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago