काठमाण्डौ । फेसबुक आम प्रयोगकर्ताको पहिलो रोजाइको सामाजिक सञ्जाल हो । यहाँ हरेक दिन लाखौँ प्रयोगकर्ताले आफ्नो गतिविधि पोस्ट गरिरहेका हुन्छन् ।
कतिपय संघसंस्थाले आफ्ना गतिविधि र विभिन्न सञ्चारमाध्यमले आफ्ना समाचारहरु निरन्तर रुपमा पोस्ट गरिरहेका हुन्छन् । फेसबुकमार्फत नै आमप्रयोगकर्ताले देशभरका खबरहरु छिन भरमै थाहा पाइरहेका हुन्छन् ।
यस्तो यदि फेसबुक आफैँले अब समाचार उपलब्ध गराउन लागेको छ भन्दा सायद आम प्रयोगकर्तालाई खुसीको विषय हुन सक्छ । तर निरन्तर समाचारहरु पोस्ट गर्ने सञ्चारमाध्यमहरुलाई भने केही टाउको दुःखाइको विषय बन्न सक्छ । किनकि अब ती सञ्चारमाध्यमको काम फेसबुक स्वयंले गर्न लागेको छ ।
फेसबुकको यो अभियानले टाउको दुःखाइको विषय भन्दा पनि ठूला मिडिया हाउसहरुलाई थप प्रोत्साहन र सञ्चारकर्मीलाई प्लेटफर्म साबित हुने विश्वास गर्न सकिन्छ ।
सामाजिक सञ्जाल फेसबुकले छिटै आफ्नो प्लेटफर्ममा समाचार (न्युज प्लेयर) का लागि छुट्टै सेक्सन बनाउने तयारी गरिरहेको हो ।
न्युज प्लेयर बनाउनका लागि फेसबुकले अहिले विश्वभरका ठूला मिडिया हाउसहरुसँग सम्झौता गरिरहेको छ । फेसबुकका सीईओ मार्क जुकरबर्गले गत अप्रिलमा फेसबुकमा न्युज सेक्सन ल्याउने बताएका थिए ।
वाल स्ट्रिट जनरलमा छापिएको समाचारअनुसार न्युज कार्प, डा जोन्स, न्युयोर्क पोस्ट, दी वासिङ्टन पोस्टलगायत थुप्रै मिडिया हाउसहरुसँग फेसबुलाई समाचार उपलब्ध गराउने सम्झौता भइसकेको छ । ती समाचारलाई फेसबुक आफ्नो प्लेटफर्ममा न्युज ट्याबद्वारा प्रदर्शन गर्नेछ ।
यो सेक्सन युजर्सका लागि फ्री हुनेछ । यद्यपि फेसबुकले भने समाचार उपलब्ध गराउने मिडिया हाउसहरुलाई भने निश्चित रकम भुक्तानी गर्नेछ । प्राप्त समाचारअनुसार फेसबुकले समाचार उपलब्ध गराउने मिडिया हाउसहरुलाई वार्षिक ३० लाख डलरसम्म उपलब्ध गराउने अफर गरेको छ ।
फेसबुकले पत्रकारलाई मद्दत गर्ने अन्य थुप्रै योजनाहरु पनि घोषणा गरेको छ । जसअन्तर्गत लोक न्युज रुममा र पत्रकारलाई अनुदान दिनका लागि फेसबुकले ३० करोड डलर लगानी गर्नेछ ।
हालै जुकरबर्गले आफ्नो एउटा पोस्टमा लेखेका थिए कि ‘मेरो यो चाहना हो कि हामी फेसबुकमार्फत आम प्रयोगकर्तालाई सही समाचार दिन सकौँ र देशभरका पत्रकारलाई उनीहरुको काममा मद्दत गर्न सकौँ ।’
फेसबुक मिडिया हाउसहरुसँग सीधा सम्पर्कमा रहनेछ । जसले गर्दा यो निश्चित हुनेछ कि समाचारका विषयवस्तु उपलब्ध हुनेछन् । फेसबुकलाई कुन समाचार उपलब्ध गराउने हो भन्ने विषयमा सम्पादकहरुले निर्धारण गर्नेछन् ।
फेसबुकमा ब्रेकिङ न्युजको सेक्सन पनि हुनेछ । जसमा कुनै पनि समयको १० महत्वपूर्ण समाचार देखिनेछ । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago