काठमाण्डौ । एप्पलको हालै लन्च भएको आपरेटिङ सिस्टम आईओएस १४ अपडेटका विषयमा फेसबुक र एप्पल कम्पनीबीच टकराव सुरु भएको छ। 

फेसबुकले एप्पलमाथि लगाउँदै एप्पलको नयाँ अपडेटका कारण उसको प्लेटफर्ममा गरिने विज्ञापन नराम्ररी प्रभावित भएको जनाएको छ। फेसबुकले आफ्नो प्लेटफर्ममा पिक्सेल टुलको मद्दतबाट युजर्सको ब्राउजिङ हिस्ट्री, सर्च गरिने प्रडक्टको हिसाबले टार्गेट अडियन्सलाई विज्ञापन देखाउँछ। आईओएस १४ अपडेट आएपछि फेसबुकले यस्तो गर्न सकिरहेको छैन। यसका कारण विज्ञापनका माध्यमबाट प्रडक्ट बेच्नेहरु र कम्पनीलाई नोक्सानी भइरहेको छ।

एप्पलका फाउन्डर टिम कुकले आईओएस १४ मा आइडेन्टिफायर फर एड्भर्टाइजर (आईडीएफए० फिचर अपडेट गरेका छन्। यो फिचर विज्ञापन गर्नेहरुको पहिचान गर्छ र युजर्सले चाहेमा यसलाई सधैँका लागि ब्लक गर्न सक्छन्। यही कारण फेसबुक आईफोनमा विज्ञापन गर्न सकिरहेको छैन।

फेसबुकले आफ्नो ब्लगमा एप्पलको एप स्टारमा तिनै एप्लिकेसलाई परमिसन पाउँछन्, जो आईओएस १४ युजरलाई कुनै विज्ञापन गर्ने कम्पनीद्वारा ट्रयाक गर्ने जानकारी दिन्छ भन्ने जानकारी गराएको छ। जुन एप यस्तो गर्न सक्दैन, तिनीहरु एप्पलको एप स्टोरमा नदेखिने गरेका छन्। 

फेसबुकले एड्भर्टाइजरलाई विश्वास दिलाएको छ कि उसले छिटै आईओएस १४ डिभाइससम्बन्धी समस्या समाधान गर्न पिक्स टुलमा परिवर्तन गर्नेछ। यो युजर्सको प्राइभेसीलाई ध्यानमा राखेर गरिने फेसबुकले स्पष्ट पारेको छ। 

फेसबुक परफर्मेन्स मार्केटर हारुन पलले कम्पनीको बजेटमा लगातार बदलाव भइरहेको जनाएका छन्। पलको कम्पनी क्यारोसेल फेसबुकमा पहिला हरेक दिन करोडौँ डलर खर्च गथ्र्यो। अहिले यो रकम लाखौँमा सीमित बनेको छ। आईओएसमा परिवर्तन हुनुअघि फेसबुकमा ८० प्रतिशत ट्राफिक आफ्नो प्रडक्ट पेजमा पठाउने गरेका थिए। जुन अहिले २० प्रतिशतमात्र बचेको छ। 

फेस्टिभल सिजनमा पनि फेसबुकको एड बिजनेसमा लगातार कमी आइरहेको छ। 

आईओएसकै कारण फेसबुकको सेयरभाउ पनि प्रभावित बनेको छ। गत सेप्टेम्बर १४ मा ३७६ डलर रहेको फेसबुकको सेयरमूल्य अहिले घटेर ३२४ डलरमा झरेको छ। – एजेन्सी