काठमाण्डौ । कोरोना भाइरसको नियन्त्रणका लागि जारी लकडाउनका कारण घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामाग्री उपभोक्ताले कसरी ल्याउने ? अब के गर्ने, कसरी सामान खरिद गर्ने ? घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने ? बालबालिकालाई के पढाउने ? किचेनमा तरकारीलगायतका खाद्यान्न सकियो कहाँबाट ल्याउने ? औषधि सकियो अब के गर्ने ?
आइडिया स्टुडियोले आइडिया निकाल्यो: चारवटा बिज्नेस कम्पनीलाई एकै ठाउँमा ल्याएर उपभोक्तालाई सेवा दिने । आइडिया स्टुडियोमा आवद्ध सजिलो मर्मत सेवा, मेट्रो तरकारी, नेपाल मेड र केयूल्याबले उपभोक्तालाई सेवा दिन तयार भए ।
आइडिया स्टुडियोले नेतृत्व लियो । यसमा ४ वटै कम्पनी तयार भए । एउटा नम्बरमा फोन गरेपछि आफूलाई चाहिने सामग्री घरमै आइपुग्ने गरी काम अगाडि बढ्यो । जसलाई ‘वान कल ४ सर्भिसेज’ भनिएको छ । अहिले लकडाउनको समयमा उपभोक्तालाई सहज भएको छ ।
के-के सेवा पाइन्छ ?
सजिलो मर्मत सेवाले इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटरलगायतका सामग्री बनाउँछ । घर, अफिस वा अस्पताल जुनसुकै क्षेत्रमा पनि विद्युतीय सामग्री बिग्रियो भने बनाउने टेक्निसियन उपलब्ध गराउँछ । भिडियो वा फोनबाटै पनि बनाउन मिल्ने रहेछ भने त्यो सेवा पनि रहेको छ ।
मेट्रो तरकारीले किचेनमा चाहिने तरकारीदेखि खाद्यान्नलगायतको सामग्री उपलब्ध गराउँछ । आफूलाई चाहिने सामग्री अडर गर्यो भने घरमै मेट्रो तरकारीले ल्याइदिन्छ । जसका कारण कोरोना भाइरसको जोखिम मोलेर तरकारी किन्न बाहिर जानु पर्दैन ।
केयू ल्याबले अनलाइन शिक्षा दिइरहेको छ । लकडाउनका कारण विद्यालय तहका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । उनीहरूको पठनपाठन नरोकियोस्, घरमै बसेर पनि सिक्न सकून् भनेर अनलाइनमा पाठ्य सामग्री राखिएको छ, जसबाट विद्यार्थीलाई फाइदा पुगेको छ ।
नेपाल मेडले मेडिकल प्रोडक्टको सेवा दिएको छ । कुनै औषधि आवश्यक परेमा नेपाल मेडबाट घरमै उपलब्ध गराउँछ । जति पनि मेडिकल प्रोडक्टहरू छन्, ती सामग्री नेपाल मेडले उपलब्ध गराउँछ । यदि बिरामी भएमा वा नियमित खानुपर्ने औषधि सकिएमा बिरामीका लागि सहज भएको छ ।
‘आइडिया स्टुडियोले नेतृत्व लिएर सुरु गरेका हौँ,’ स्टुडियोकी सञ्चार निर्देशक श्रद्धा पालले भनिन्, ‘कोभिड १९ का कारण असहज भएपछि उपभोक्तालाई सहज होस् भनेर सुरु गरेका हौँ ।’
यो सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध छ ।
‘सामाजिक उत्तरदायित्व र सामूहिक कामको विकास गर्न सहयोग पुग्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आइडिया स्टुडियोले नयाँनयाँ आइडियालाई प्रोत्साहन गर्दै आएको छ ।’
आइडिया स्टुडियोले प्रत्येक वर्ष आइडिया हन्टको आयोजनाका साथै नयाँनयाँ आइडियालाई बिजनेसमा रुपान्तरण गर्न सहयोग गर्दै आएको छ । अहिलेसम्म ४ वटा आइडिया हन्टको आयोजना गरेको छ । जसमा सयौँ आइडियाहरू आएका छन् । १ सयभन्दा बढी आइडियाले सफल रूपमा व्यवसाय गरिरहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19