काठमाण्डौ । नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ । 

फोन पेमा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । 

फोन पे नटेवर्क, बैंक, ग्राहक र  मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । फोन पेले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नोे क्षमतालाई सशक्त गर्दैछ । 

५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पे प्रा.लि.ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले रू १०००, २ जना मर्चेन्टले रू ५ हजार, १ जना मर्चेन्टले रू १०,००० प्राप्त गर्न सक्नेछन् । यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । 

साथै एकजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइनेछ ।