काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ का लागि १७.८९४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
कम्पनीको साउन २७ गते बसेको संचालक समितिको १५४ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९४७ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।
यो निर्णय अनुसार कम्पनीले ११ करोड ६३ लाख ४६ हजार ९४६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ । नगद लाभांशसहित कुल १२ करोड २४ लाख ७० हजार ४६९ रुपैयाँ बराबरको लाभांश वितरणको प्रस्ताव गरिएको हो ।
यो प्रस्ताव कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि र नियामक नेपाल राष्ट्रबैंकले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago