काठमाण्डौ । सेयर बजारबाट लगानीकर्ताहरुले आज एकैदिन २५ अर्ब रुपयाँभन्दा बढी कमाएका छन्।

आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कुल बजार पुँजीकरणमा २५ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। हिजो मंगलबार नेप्सेमा दोहोरो अंकको करेक्सन आउँदा कुल बजार पुँजीकरण २४ अर्ब रुपैयाँले घटेर ३२ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको थियो। आज दोहोरो अंकले बढ्दा कुल बजार पुँजीकरण ३२ खर्ब ८९ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुगेको छ। यो हिसाबले लगानीकर्ताहरुको सम्पत्ति पनि २५ अर्ब रुपैयाँ बढीले बढेको छ।

आज नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ को विन्दुमा उक्लिएको छ। आज ८ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ।