काठमाण्डौ । बजारले आकर्षक बाउन्सब्याक गरेको आज बिहीबार लगानीकर्ताहरुको सम्पत्ति एकैदिन १ खर्ब २४ अर्ब रुपैयाँले बढेको छ।

आज नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ को उचाइमा पुगेको छ। यो दिन कुल बजार पुँजीकरण पनि बढेर ३४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। हिजो परिसूचकमा दोहोरो अंकको करेक्सन आउँदा कुल बजार पुँजीकरण ५४ अर्ब रुपैयाँले घटेर ३३ खर्ब २८ अर्ब रुपैयाँमा सीमित बनेको थियो। यो हिसाबले हिजोको तुलनामा आज लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब २४ अर्ब रुपैयाँले बढेको हो। 

आज बजारमा ६ अर्ब ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।