काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले पुँजीबजारको विकास र विस्तारका लागि सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरेका छन्।

राजधानीमा आज आयोजित पुँजीबजार रिपोर्टिङसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सीईओ कार्कीले यस्तो प्रतिबद्धता गरेका हुन्। कार्यक्रममा धन्यवाद मतव्य राख्दै उनले भने, ‘आगामी दिनमा पुँजीबजारसँग सम्बन्धित सबै पक्षसँग छलफल र सहकार्य गर्दै अगाडि बढ्नेछौँ।’

कार्कीले सम्पूर्ण लगानीकर्ताको हितका लागि सही सूचना सम्प्रेषण नेप्से जोड दिने बताए। ‘यसलाई नेप्सेको वेबसाइट अझ गतिशील बनाइनेछ’, उनले भने।