-धनकुमार राई

लगानीकर्ताहरुको अर्थपूर्ण सक्रियताको भूमिकाले नेतृत्व गर्नुपर्ने बजारमा फेरि पनि कुनै पनि Dominant Fundamental factor को भूमिकाबिना नै Dividend र Bonus को हल्लामा साताभरिको कारोबारले पछिल्लो सप्ताहको १२०० बिन्दु माथिको वृद्धिलाई सम्हाल्न नसकी पुरानै अवस्थामा आइपुग्दा बजार बढ्ने प्राविधिक संकेतहरु आधारभूत भूमिकाको छायाँमा निरीह बने । 

फेरि पनि गत साताको कारोबार साताको पहिलो सपोर्ट क्षेत्रमा आएर रोकिएको छ भने प्राविधिक सेटअप भित्र नै मुभमेन्ट भइरहने अभ्यास अनुसार नै रहेको देख्न पाइयो । 

फेरि पनि बजारमा उकालो सिमाना रिजेक्ट भएर दवाबलाई जित्नसक्ने मनोबल पर्याप्त नभएकोले फेरि बजारले उकालो यात्रा तय गर्न १२०० बिन्दु माथिको लक्ष्यका लागि महत्वपूर्ण अभ्यास हुने देखिन्छ । 

यसरी माथिको प्राविधिक पिभोट र डीमार्क्सको विधि चित्रअनुसार आउने साता बजार ११६३ देखि १२१२ भित्रको सक्रिय कारोबारमा रहने अनुमान गर्न सकिन्छ । 

Volume Vs Price Action को विश्वव्यापी अभ्यास

हेरौं प्राविधिक Volome/Price Action को विश्वव्यापी अभ्यास अनुसार पनि बजार अझै नघट्ने नै देखाउँछ । तर, प्राविधिक र बजारको आवश्यक अभ्यासमा Herd Mentality हाबी भएर अनभिज्ञ जमातले प्राविधिक अभ्यासको जानकारी नराख्दा बजार सम्हालिन केही समय र नया संकेत विकसित हुनैपर्ने देखिन्छ । 

2.Technical सारलाई हेरौ (Nepse Index – 1178.50 ( -31.82)

Technical Indicator हरु लाई चार्टमा हेरौ:
i)साप्ताहिक पिभोट रेञ्ज र अनुमानित कारोबार रेञ्ज

चार्टमा पिभोट प्वाइन्ट र डीमार्कट्सको प्रयोग अनुसार ११६३ देखि १२१२ सम्मको सक्रिय रेञ्जभित्र कारोबार बन्ने देखिए पनि संघर्षपूर्ण साताको अनुमानसहित मनोबैज्ञानिक १२०० लाई उछिन्ने प्रयास हुनेछ ।

दैनिक पिभोट पिभोट रेञ्ज र अनुमानित कारोबार रेञ्ज:

ii)   RSI / Stochastic Oscilator :

चार्टमा यसरी साप्ताहिक Stochastic Oscilatorsले पनि बजारको उकालो यात्रालाई %K –हरियो लाईन ले %D  रातो लाईनलाई Oversold सिमानामा क्रस गरेकोले यो अनिवार्य खरिददारी गर्ने समय देखाउँछ । दैनिकले पनि आफ्नो यात्रालाई साप्ताहिक यात्राले प्रभावमा राखेसम्म कमजोरी नदेखाउने बुझ्न सकिन्छ । RSI को कुरा गर्दा RSI संकेत रेखा ३० को सीमाबाट बढ्दै गरेको देख्न सकिन्छ र साप्ताहिक यात्रा पनि उकालो नै संकेत गरेको बुझ्न गल्ती नहुने छ । 

iii)  Moving Averages:

चार्टले मुभिङ एभरेजको सार कमजोर स्थितिको संकेत गरे पनि यो ओह्रालो बजारको संकेत नभएकोले विस्तारै अन्य संकेतहरुको सहयोगमा परिवर्तन भई ट्रेण्डिङ बजारलाई साथ दिदै जाने गर्दछ । छोटो दुरीका मुभिङ एभरेजले लामो दुरीको प्रतिस्प्रर्धामा संघर्ष गरिरहेको देखिएको छ । 

iv)    MACD Divergence & Crossover Below Zero line  को प्रभाव यथावत:

यहाँ चार्टमा प्राप्त MACD Divergence को Dailyर weekly चार्ट र MACD संकेतअनुसार गत साता नै सुनिश्चित भइसकेको संकेत अझै प्रभावी नै देख्न सकिन्छ । चित्रमा देखाइएअनुसार गत साताको घटाइले पनि  Bullish Divergence यथावत नै रहेकोले आउने सातालाई खरिददारीको अनिवार्य अवसर हुने देखाउँछ ।

v)NEPSE MonthlyCANDLESTICK CHART

बजार दिर्घकालिन अवधिको ट्रेन्ड भित्रनै रहेको तथा माथि Chart मा Monthly Bullish Gartley ले ११३५ को न्यूनस्तरबाट बजार उकालो लाग्ने देखाएअनुसार नै १४६० सम्मको उकालो यात्रा तय गरिसकेर फेरि बिक्रीकर्ताहरुको दवाबमा अघिल्लो साता ११६३ सम्मको ओह्रालो यात्रा टुंग्याएको र हाल फेरि ११७५ मा दवाब महसुस गरे पनि यहाँ आउने दिनमा बजार १२०० माथि स्थिर बन्दै, चित्रमा देखाइएको Triangle Limit को तल्लो भाग भन्दा माथि नै बजार फर्किएकोले प्राविधिक सेटअप अनुसार बजारको ओह्रालो लाग्ने आशा कमजोर बनेको देख्न सकिन्छ । 

माथि चार्टमा Technical Trend line सेटअप अनुसार  बजारको Long term Trend ले उकालो देखाउँछ भने Long Term trend भित्रको Secondary Trend Bearish देख्न सकिन्छ यसरी मुख्य ट्रेण्डलाइनको प्रभाव रहेसम्म बजार आफ्नो लय Bullish नै हुने देखिन्छ र अन्ततः विश्वबजारको मान्यताअनुसार उभ्याएर हेर्दा नयाँ चरणको सुरुवातलाई सक्रिय लगानीकर्ताहरुको नेतृत्व आवश्यक मान्न सकिन्छ ।