काठमाण्डौ । बजार बढेर नेप्से फेरि नयाँ कीर्तिमान कायम गरेको सोमबार लगानीकर्ताले एकैदिन २४ अर्ब रुपैयाँ हाराहारीमा कमाएका छन्।
आज १२ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक हराभरा भए। दोहोरो अंकले बजार बढेर नयाँ उचाइ पुगेको यो दिन लगानीकर्ताहरु पनि मालामाल भएका छन्।
अघिल्लो कारोबार दिनसम्म ३१ खर्ब १८ अर्बमा सीमित कुल बजार पुँजीकरण एकैदिन बढेर हालसम्मकै सर्वाधिक ३१ खर्ब ४२ अर्बको हाराहारीको उचाइमा पुगेको छ। यो हिसाबले आज एकैदिन बजारको आकार झन्डै २४ अर्ब रुपैयाँको हाराहारीमा बढेको छ। अर्थात् आज लगानीकर्ताको सम्पत्ति एकैदिन २४ अर्ब रुपैयाँको हाराहारीमा बढ्यो।
हिजो र आज गरी लगानीकर्ताको सम्पत्ति ६३ अर्ब रुपैयाँको हाराहारीमा वृद्धि भएको देखिन्छ। हिजो पनि नेप्से दोहोरो अंकले बढ्दा कुल बजार पुँजीकरण एकैदिन ३९ अर्बले बढेर ३१ खर्ब १८ अर्बको उचाइमा पुगेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago