काठमाण्डौ । असारमा तिर्नुपर्ने बैंकको ब्याज तथा करको जोहो गर्नुपर्ने बाध्यताका कारण लगानीकर्ताहरुले घाटामै भए पनि सेयर बिक्री गरिरहँदा बजार पनि निरन्तर घटिरहेको छ । सोमबार समेत बजारको गिरावट यात्रा जारी रह्यो । 

यो दिन नेप्से परिसूचक २.८६ अंकले घटेर १२४२.०३ को विन्दूमा सीमित बन्न पुग्यो । 

राम्रा र बलिया कम्पनीमा समेत बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ०.७२ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२ अंकको गिरावट आयो । 

यो दिन बजारका चार समूहको उपसूचक बढे भने बाँकी समूहमा रातो पोतियो ।

बैंकिङ समूह ३.५४ अंकले घटेको यो दिन होटल समूहमा १९.३९ अंकको गिरावट आयो । 

बित्त समूहमा १.८९ अंकको, निर्जीवन बिमा समूहमा ३.०७ अंकको, अन्य समूहमा ४.७२ अंकको, माइक्रोफाइनान्स समूहमा ०.२६ अंकको र म्युचुअल फण्ड समूहमा ०.०७ अंकको गिरावट आयो ।

विकास बैंक समूह २.७६ अंकले बढेको यो दिन जलविद्युत समूह १.११ अंक, उत्पादन तथा प्रशोधन समूह ४.८९ अंक र जीवन बिमा समूह ३.१५ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता सेयर ३७ करोड ४७ लाख २५ हजार ७५ रुपैयाँमा किनबेच भए । 

नेपाल बैंकले सबैभन्दा बढी २ करोड ६२ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले १ करोड ९२ लाख, शिवम सिमेन्टले १ करोड ७९ लाख, एनआइसी एशिया बैंकले १ करोड ७५ लाख, हिमालयन डिस्टीलरीले १ करोड २६ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २६ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १५ लाख बढीको कारोबार  गरेको यो दिन सानिमा बैंकले १ करोड ६ लाख, सिद्धार्थ बैंकले १ करोड र प्रिमियर इन्स्योरेन्सले ८२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिभिल लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर र स्वाभिमान लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन मिथिला लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।