काठमाण्डौ । नेप्सेमा आज आइतबार बजार खुलेको ३० मिनेटभित्रै दोस्रो पोजेटिभ सर्किट ब्रेक लाग्दै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ। 

आज बजार खुलेको साढे ६ मिनेटमै नेप्सेमा ४ प्रतिशतको उछाल आएसँगै पहिलो पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। २० मिनेटपछि खुलेको बजार पुनः १ मिनेटमै अर्थात ११ बजेर २७ मिनेटमा नेप्सेमा ५ प्रतिशतको बढोत्तरी भएपछि दोस्रो पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको हो। 

आर्थिक वर्ष २०७७/७८८ को मौद्रिक नीतिले सेयर बजारमैत्री भएको ठहर गर्दै चौतर्फी प्रशंसा पाइरहेको सन्दर्भमा आम लगानीकर्ताहरुको मनोबल ह्वात्तै बढ्दा नेप्से परिसूचकमा उछाल आएको हो।