काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आउँदा लगानीकर्ताले आज एकैदिन झन्डै ९० अर्ब रुपैयाँ कमाएका छन्।

नेप्से सूचक हालसम्मकै सर्वाधिक उचाइमा आज पुगेको दिन कुल बजार पूँजीकरण हिजोको तुलनामा आज लगानीकर्ताको सम्पत्ति एकैदिन ८८ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बढेको हो। हिजो सोमबार नेप्से ३८ अंकको वृद्धि हुँदा कुल बजार पुँजीकरण ३२ खर्ब ४३ अर्ब रुपैयाँ बढी थियो भने आज मंगलबार पुँजीकरण बढेर ३३ खर्ब ३२ अर्ब रुपैयाँ बढी पुगेको छ। यो हालसम्मकै उच्च बजार पुँजीकरण पनि हो। 

आज मंगलबार नेप्से सूचक ६५.४९ अंकले वृद्धि भई करिब सवा ९ अर्ब रुपैयाँको हाराहारीमा कारोबार सम्पन्न भएको छ।

सूचकले २४६३ विन्दुलाई ब्रेकआउट गरेमा बजार २७०० हारारहारी पुग्ने प्राविधिक विश्लेषकहरुको दाबी छ। दैनिक कारोबार रकमको बढोत्तरीमा सूचकको बढोत्तरी समानान्तर भएका हुनाले अब बजार बढ्ने नै विश्लेषकहरुको तर्क छ।