काठमाण्डौ । बजारमा भारी करेक्सन आएको आज आइतबार लगानीकर्ताहरुको सम्पत्ति एकैदिन १ खर्ब १० अर्ब रुपैयाँले घटेको छ।

आज परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ को विन्दुमा झरेको छ। यो दिन बजार पुँजीकरण १ खर्ब १० अर्ब रुपैयाँले घटेर ३४ खर्ब ९ अर्ब रुपैयाँमा सीमित बन्न पुगेको हो। गत बिहीबार बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले आज एकैदिन लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब १० अर्ब रुपैयाँले घटेको छ। 

गत बिहीबार पनि दोहोरो अंकको करेक्सन आउँदा बजार पुँजीकरण ६२ अर्ब रुपैयाँले घटेर ३५ खर्ब १९ अर्ब रुपैयाँमा झरेको थियो। यो दिन पनि लगानीकर्ताहरुको सम्पत्ति ६२ अर्ब रुपैयाँले घटेको थियो। 

आज २०७ कम्पनीका १ करोड ६० हजार बढी कित्ता सेयर ८ अर्ब ३५ करोड रुपैयाँबराबरमा कारोबार भएको छ।