काठमाण्डौ । साताको चौथो कारोबारको दिन आज खुलेदेखि नै बढेको बजार दिनैभर बढेरै कारोबार भयो र  अन्तिम समयमा ९२.२२ अंकको बढोत्तरीसहित बन्द भयो । 

लामो समयपछि बजारमा आएको उछालले ब्रोकर हाउसहरुमा पनि उत्साह देखिएको थियो । ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले ‘सेयरमूल्य घटेर निकै सस्तो भइसक्यो, अब बजारको माहौल पनि बन्दैछ, उठाउने बेला यही हो’ भनिरहेका थिए । 

बजारमा चैत्र मसान्तको प्रभाब पनि सकिएको र आजै बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका कारण पनि अब बजारमा बुलिस यात्रा सुरु भएको धेरैले दाबी गरिरहेका भेटिएको थियो । 

एक लगानीकर्ताले भने १८०० को बिन्दुमा बजार कहिल्यै नआउने ठोकुवा गर्दै थिए ।  बैशाखबाट ब्याजदर पनि घट्ने  निर्णय भएसँगै  नयाँ बर्ष सेयरबजारका लागि सुखद हुने अवस्था देखिएको छ । 

यसरी पुरानो वर्षको प्यानिक गिरावटलाई नयाँ वर्षको पूर्वसन्ध्यामा बढेको बजारले थोरै भए पनि मल्हमको काम गर्ने देखिन्छ । नयाँ वर्षको स्वागत गर्न आतुर नेपाली लगानीकर्तालाई एकाएक उत्साहित बनाएको आजको दिनमा कुन कुन ब्रोकरहरुले कारोबारका आधारमा आफूलाई अग्रस्थानमा राखे त? 

आजको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) को खरिद बढी देखिन्छ। यसमार्फत १४ करोड १५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ भने ८ करोड ३० लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । 

कारोबारका हिसाबले दोस्रोमा आज अनलाईन सेक्युरिटिज(स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरमार्फत पनि खरीद बढी भएको छ । यो ब्रोकरमार्फत १४ करोड १ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ६ करोड ९८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ । 

तेश्रो स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८ )रहेको छ । यो ब्रोकरले  सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले १२ करोड ५१ लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ८ करोड ३४ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । 

चौथो स्थानमा रहेको ईम्पेरियल  सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) ले ९ करोड ४९ लाख रुपैयाँको सेयर बिक्री गरेको छ भने ९ करोड ४० लाख रुपैयाँको खरिद गरेको छ। 

यस्तै, पाँचौ स्थानमा रहेको डाईनामीक मनी म्यानेजर सेक्युरिटिज(स्टक ब्रोकर नं. ४४) को पनि बिक्री नै बढी देखिएको छ । यो ब्रोकरमार्फत ९ करोड ९२ लाख रुपैयाँबराबरको सेयर बिक्री भएको छ भने ५ करोड ८८ लाख रुपैयाँ बराबरको मात्र खरीद भएको छ । 

कारोबारका हिसाबले श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) छैठौं स्थानमा छ। यो ब्रोकरले १० करोड ९२ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ भने ४ करोड २८ लाख रुपैयाँ बराबरको खरीद गरेको छ । 

सातौँ स्थानमा रहेको एबिसि सेक्युरिटिज(स्टक ब्रोकर नं.१७)ले पनि ६ करोड ८६ लाख रुपैयाँ बढीको सेयर बिक्री गर्दा ५ करोड ८४ लाख बराबरको मात्र खरीद गरेको छ । 

आठौं स्थानमा रहेको दक्षिणकाली ईन्भेष्टमेन्ट सेक्युरिटिज(स्टक ब्रोकर नं. ३३)मार्फत आज ७ करोड ४५ लाख बराबरको सेयर खरीद हुँदा ४ करोड ८४ लाख रुपैयाँ बराबरको खरीद भएको छ। 

कारोबारका हिसाबले नेपाल स्टक हाउस (स्टक ब्रोकर नं. १४) नवौं स्थानमा रहेको छ। यो ब्रोकरले ६ करोड रुपैयाँबराबरको सेयर खरिद गरेर ५ करोड ८५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ । 

दशौ स्थानमा रहेको सनी सेक्युरिटिज(स्टक ब्रोकर नं. ४२) ले ६ करोड २९ लाख बराबरको सेयर खरिद गरेर ५ करोड ५३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ । 

आजका टप १०  ब्रोकरहरुमा ५ ले बिक्रीभन्दा खरीद बढी गरेका छन् भने अन्य ५ वटाले भने खरीदभन्दा बढी बिक्री गरेका छन् ।