काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ५ अंकले बढेको छ ।
बजार आज ५.१९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९७६.२९ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ अंकले बढेर ३७८.०६ को विन्दुमा झरेको छ। यो दिन १ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। गत आइतबारको तुलनामा १० करोडले कारोबार घटेको हो ।
बजार जानकार अजय सिंह थापा(जयसम्भु) भन्छन्, ‘प्राविधिक रुपमा अझै पनि बजारमा करेक्सन सकिएको देखिएन, दसैँतिहारसम्म सेकेण्ड वेभको करेक्सन चलिरहन सक्छ ।र त्यसो भएको खण्डमा बजार १९३० भन्दा पनि तल आउन सक्छ तर बजार १हजार ८५० भन्दा तल जाँदैन ।’ बजार आज झिनो अंकले बढ्नुलाई उनले रिटेष्टमेन्ट मात्रै भएको बताए । यद्यपि बजार एकुमुलेसन गर्ने समय रहेको थापाको भनाइ छ ।
१२ करोडको सिमा हेरफेरको विषय भने मौद्रिक नीतिको समिक्षामा मात्रै आउन सक्ने थापाले बताए ।
अर्का बजार जानकार कबिराज तिमिलसिनाले हिजोआजको बजारमा दसैँको प्रभाव परेको बताए ।चाडपर्व सकिएपछि भने बजारले गति लिने र अहिले बजारमा बेच्नेहरुले पनि घटाएर बेच्न नचाहेको र किन्नेहरुले पनि बढेर किन्न नचाहेको अवस्था देखिन्छ ।असोजको प्रभाव भने बजारमा सामान्य रुपमा मात्रै रहने उनको भनाइ छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये होटल एण्ड टुरिजम र म्यानुफ्याक्चर तथा प्रोसेसिंगमा रातो पोतिएको छ । भने अरु समूह हरियो भएका छन् ।
यो दिन होटल तथा टुरिजममा सर्वाधिक ०.९२ प्रतिशतले ओरालो लागेको छ। यसैगरी उत्पादन तथा प्रशोधनमा ०.०९ प्रतिशतले गिरावट आएको छ । वित्त समूह ०.७५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०१ प्रतिशत, विकास बैंक समूहमा १.३३ प्रतिशत, लगानी समूहमा ०.०३ प्रतिशत, जीवन बीमा समूहमा ०.०९ प्रतिशत, लघुवित्त समूहमा ०.५ प्रतिशत, जलविद्युत समूहमा ०.८८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१४ प्रतिशत, अन्य समूहमा ०.४ प्रतिशत र व्यापार समूहमा ०.३१ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्से सूचीकृतमध्ये २८६ कम्पनीका ८५ लाख ५९१ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक २१ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिजो मात्रै कारोबार शुरु भएको सिटिजन नेपाल लाइफको १२ करोड ८९ लाख रुपैयाँ, सोल्टी होटलको ८१ करोड, एभरेष्ट बैंकको ५३ करोडभन्दा बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सीआवाईसी लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको छ । यसैगरी सयपत्री हाइड्रोपावरको शेयरभाउ पनि १० प्रतिशतले बृद्धि भएको छ ।
यो दिन पिपुल्स पावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा ५.२९ प्रतिशतको हाराहारीको गिरावट आएको छ ।
यसैगरी मनकामना इन्जिनियरिंग हाइड्रोपावरको सेयरभाउमा ५ .२३ प्रतिशतले घटेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago