Bear Market
काठमाण्डौ । अघिल्लो साताको अन्तिम र यो साताको पहिलो कारोबार दिन हराभरा भएको बजारमा सोमबार कालो बादल मडारिएको छ । बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकमतर्फ भने निकै ठूलो पहिरो गएको छ । बजार परिसूचक र कारोबार रकम एकसाथ घट्नुु बजारका लागि अशुुभ संकेत मानिन्छ । यसले बजार आगामी दिनमा अझै घट्ने कतिपय विज्ञ विश्लेषण गर्ने गर्छन् ।
सोमबार बजार परिसूचक(नेप्से) ४.२४ अंकले घटेर १५४३.७० अंकमा झरेको छ । कारोबार रकम घटेर ४७ करोडको हाराहारीमा समेटिन पुुगेको छ ।
यो दिन तीन समूहको परिसूचक बढेको छ भने ६ समूहको सूचकमा रातो पोतिएको छ । बैकिंग समूह २.५२ अंकले घटेको छ भने बिमा, विकास बैंक र बित्त समूहमा क्रमशः ७९.६ अंक, १.६२ र ५.८६ अंकले घटेको छ । होटल समूह २०.०५ अंकले घटेको छ भने अन्य समूह १.७३ अंकले ओरालो लागेको छ ।
यस्तै, ट्रेडिङ समूह २०.७ अंकले बढेको छ । जलविद्युत समूहमा १४.८९ अंक र उत्पादनमूलकमा २.३३ अंकको बढोत्तरी भएको छ ।
यो दिन 'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.७४ अंकले घटेको छ भने फ्लोट इण्डेक्समा ०.२४ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ६१ कम्पनीका १० लाख ३५ हजार ७ सय ९ कित्ता सेयर ४६ करोड ९३ लाख ७४ हजार ९ सय ४६ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी एभरेष्ट बैंकले २ करोड ७७ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ७५ लाख, फरवार्ड माइक्रोफाइनान्सको १ करोड ७६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ६६ लाख, स्ट्याण्डर्ड चार्टर्डको १ करोड ६३ लाख, नेपाल बैंकको १ करोड ५१ लाख बढीको सेयर किनबेच भयो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान विकास बैंक र एक स्थान बिमा कम्पनीले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि सबैभन्दा धेरै विशाल बजार कम्पनीले कमाएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, हाम्रो विकास बैंकले यो दिन ७ प्रतिशतको हाराहारीमा सम्पत्ति कमाएको छ ।
यो दिन वरुण हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ४.३६ प्रतिशतले घट्यो । दिव्यश्वरी हाइड्रो, सिन्धुु विकास बैंक र सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले ४ प्रतिशतको हाराहारीमा गुमाए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago