Bear Market
काठमाण्डौ । बढोत्तरीको आम अपेक्षामा चिसोपानी खन्याउँदै बजारले उल्टो यात्रा तय गरेको छ । साताको पहिलो दिन लगानीकर्तालाई निराश बनाउँदै नेप्से परिसूचकमा ३२.६४ अंक(२.१२ प्रतिशत)को पहिरो गयो । कारोबार रकममा भने गत साताको अन्तिम कारोबार दिनको तुलनामा केही सुधार आएको छ ।
बजारमा प्रमुख हिस्सा ओगट्ने बैकिङ र बिमा समूहको सूचकमा ठूलो पहिरो जाँदा समग्र परिसूचकमै ठूलो पहिरो देखिएको हो । बाँकी अन्य सबै समूहको सूचकमा समेत रातो पोतिएको छ ।
बिमा समूह १९३.१२ अंकले घट्न पुुगेको छ । यस्तै, बैकिङ समूह २८.८४ अंक, विकास बैंक र बित्त कम्पनी ५३.०८ र १५.०६ अंकले घटेको छ । यस्तै, होटल, जलविद्युत, उत्पादनमूलक र अन्य समूहमा क्रमशः ६६.२५, ३७.३९, १८.४८ र ५.२ अंकले घट्न पुुग्यो । टेडिंग समूहमा ९.५४ अंकको गिरावट आयो ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा पनि पहिरो गयो, जसका कारण सेन्सेटिभ इण्डेक्स ६.९१ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि २.३९ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका ९ लाख ७२ हजार ६ सय २४ कित्ता सेयर ४१ करोड ४९ लाख ९८ हजार ९ सय ८३ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी जनता बैंक नेपालले १ करोड ५२ लाख बढीको कारोबार गर्यो । गण्डकी विकास बैंकको १ करोड ४४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफले १ करोड ४३ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ३५ लाख, स्वाबलम्बन विकास बैंकले १ करोड ३२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड २३ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंक, ३ स्थान विकास बैंक, २ स्थान बिमा कम्पनी र १ स्थान जलविद्युत कम्पनीले कब्जा गर्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी महुली सामुदायिक लघुवित्त संस्थाले कमायो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यो दिन ११ कम्पनीको सेयर मूल्य मात्र बढ्यो, बाँकी १ सय ४१ कम्पनीले गुमाए ।
यो दिन रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्न पुुग्यो । स्वाबलम्बन विकास बैंकका सेयरधनीले ८ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए । स्वरोजगार लघुवित्त विकास बैंकको मूल्यमा ७.१७ प्रतिशतले गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago