काठमाण्डौ । बजारमा गिरावटको क्रम रोकिएको छैन । बुधबार नेप्से परिसूचक ९.२९ अंकले घटेर १४८४.४७ अंकमा सीमित बन्न पुुगेको छ । बजार परिसूचकमा दैनिकजसो गिरावट आइरहेको बेला कारोबार रकमले पनि बजारको साथ छाड्न थालेको छ । बजार राताम्मे हुँदा कारोबार रकम पनि भारी गिरावट आएको छ । यसले आगामी दिनमा बजार सहजै बढ्ला भन्ने विश्वास गर्न सकिन्न । विश्लेषकहरुले नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दा बजारमा अझ ठूलो पहिरो जानसक्ने संभावना आंैल्याउँछन् । यो कोणबाट हेर्दा पछिल्ला दिनहरुमा बजारमा अशुभै अशुुभ संकेत देखिन थालेको छ ।
सेयर कारोबारमा भ्याट लाग्ने बिषय सहज ढंगले समाधान हुन नसक्दा, राजनीतिक अन्यौल बढी नयाँ सरकार गठनमा ढिलाई हुँदा, अधिकांश लगानीकर्ता नयाँ सरकारका लागि पर्ख र हेरको रणनीतिमा बस्दा समेत बजार गिरावट आइरहेको देखिन्छ । यिनै कारणले बुधबार बजारका सबै समूहको सूचकमा रातो पोतियो ।
बैकिङ, बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ६.६१, ४३.४९, ६.९ र ७.६२ अंकको गिरावट आएको छ । यस्तै, होटल समूह ०.१८ अंक, जलविद्युत समूह २६.६६ अंक, बित्त समूह १.१४, उत्पादनमूलक ३५.८१ अंक र अन्य समूह १०.९८ अंकले घटेका छन् ।
यो दिन ‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स २.०७ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६४ अंकले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५५ कम्पनीका ९ लाख ८३ हजार १ सय ८ कित्ता सेयर ४२ करोड ४३ लाख ७० हजार ३ सय ९३ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी नेपाल टेलिकमले ४ करोड ९ लाख बढीको कारोबार गर्यो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ८६ लाख, एभरेष्ट बैंकले २ करोड १ लाख, जनता बैंक नेपाल लिमीटेडले १ करोड ७८ लाख बढीको कारोबार गर्यो । बैंक अफ काठमाण्डौ लिमीटेडले १ करोड ६९ लाखको कारोबार गरेको बजारमा गरिमा विकास बैंक लिमीटेडको १ करोड ३९ लाख बढीको संस्थापक सेयरको कारोबार भयो । चिलिमे हाइडोले १ करोड ३२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड २४ लाख, नेपाल बैंक लिमीटेडले १ करोड ६ लाख बढीको सेयर कारोबार भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिन्धुु विकास बैंक लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, प्रिमियर इन्स्योरेन्सले ६ प्रतिशतको हाराहारीमा मूल्य बढायो ।
यो दिन हिमालयन डिस्टीलरीको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको मूल्य ७.५५ प्रतिशतले घट्न पुुगेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago