काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा सुधार भएको छ । यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सूचक र टर्नओभर एकसाथ वृद्धि हुनुलाई बजारको राम्रो संकेत मानिन्छ । 

बिहीबार बजार परिसूचक ९.८ अंकले वृद्धि भई १४०४.५३ अंकको उचाईमा फर्किएको छ । 

परिसूचक केही दिनको १४ सयको मुनिको यात्राबाट बाउन्स ब्याक हुँदै माथि चढेसँगै कारोबार रकम बढेर २८ करोड २२ लाख पुगेको छ । बुधबार २६ करोड बराबरको सेयर कारोबार भएको थियो ।

यो दिन विकास बैंक र अन्य समूह बाहेकका सबै समूहको सूचक बढ्यो । विकास बैंक समूह ३.०६ अंकले घट्यो भने अन्य समूहमा १.४५ अंकको गिरावट देखियो । 

बैकिङ समूह ८.६१ अंकले बढ्दा बिमा समूह ८९.०२ अंक र माइक्रोफाइनान्स समूह २२.४३ अंकले बढे । यस्तै, व्यापारिक समूह ८.२८, होटल समूह २७.३५, जलविद्युत समूह ६.४१,बित्त समूह १.६१, उत्पादनमूलक ३०.४५ र माइक्रोफाइनान्स समूह २२.४३ अंकले बढे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय  ५९ कम्पनीका  ६ लाख ६२ हजार १ सय ६९ कित्ता सेयर २८ करोड २२ लाख ४१ हजार ५ सय ५२ रुपैयाँमा किनबेच भयो । यो दिन सानिमा माई हाइड्रोले १ करोड  ८१ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल बैंकले १ करोड १२ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड ११ लाख, नेपाल लाइफले ९२ लाख ३३ हजार, नवील बैंकले ८४ लाख १३  हजार, एनआइसी एशियाले ७८ लाख, मुक्तिनाथ विकास बैंकले ७६ लाख ९६ हजार, एभरेष्ट बैंकले ७२ हजार ३५  हजार बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले वृद्धि भयो । यस्तै, बोटलर्स नेपाल तराई लिमीटेडको सेयर मूल्य ४.१७ प्रतिशतले बढ्यो ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ३.२० प्रतिशतले घट्यो ।