काठमाण्डौ । सेयर बजारको पहिरो तत्काल नथामिने अवस्था देखिएको छ । सोमबार नेगेटिभ सर्किट ब्रेकर लागेको बजारमा मंगलबार कारोबार सुरु भएको पहिलो एकघण्टामा ठूलै पहिरो गइसकेको छ । 

पहिलो एकघण्टामा नेप्से परिसूचक २४.३ अंक(२.०८ प्रतिशत)ले घटिसकेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर बिक्रीमा चाप परेका कारण एकघण्टामै सेन्सेटिभ इण्डेक्स ५.६१ अंकले घटिसकेको छ । 

पहिलो एकघण्टामा सबै समूहको सूचकमा रातो पोतिएको छ । बैकिंग समूह करिब ३ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स र जलविद्युत समूहको सूचक २ प्रतिशत भन्दा बढीले घटिसकेको छ । 

उच्च बिक्री चापका कारण एकघण्टा साढे ६ करोड बढीको कारोबार भएको देखिएको छ ।