Bearish Market
काठमाण्डौ । यो साता बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । साताको पहिलो कारोबार दिन उछालको गतिमा कुुदेको बजार परिसूचक(नेप्से परिसूचक) सोमबार भने ७.५२ अंकले घटेको छ । नेप्से परिसूचकमा झिनो गिरावट आए पनि कारोबार रकम भने एकअर्ब नजिक रहनुुले अत्तालिनुपर्ने अवस्था नरहेको देखाउँछ ।
सोमबारको बजारमा सर्टटर्म कारोबारी हाबी भएका बजार विश्लेषकहरु बताउँछन् । लामो समयदेखि बढ्न नसकेको बजार गत साताको अन्तिम २ कारोबार दिन र आइतबार बढेर एउटा उचाई प्राप्त गरेपछि सेयर बेचेर थोरै भए पनि नाफा बुक गरिहाल्ने प्रवृतिका कारण सोमबारको बजार घटेको दाबी गरिएको छ । पछिल्लो समय बजारमा दैनिक कारोबारी हाबी हुँदै आएका छन् ।
यो दिन कारोबार सुरुवातका केही मिनेटमा बजार परिसूचक दोहोरो अंकले बढेको थियो, तर फेरि सम्हालिएर केही घट्यो । पहिलो एकघण्टा बित्दा बजार परिसूचक २१ अंकले बढेको थियो । त्यसपछि नागबेलीको चालको कुदेको बजार अन्तिम अवस्थामा गिरावटतर्फ अग्रसर देखियो ।
बजारको नागबेली चालले केही संस्थागत र ठूला लगानीकर्ता संगठित रुपमै बजारलाई आफूअनुकुल घटाउने र बढाउने खेल त खेलिरहेका छैनन् भन्ने शंका समेत उब्जाइदिएको कतिपय बजार विश्लेषकहरुको दाबी छ । उनीहरुले आइतबार र त्यसभन्दा अघिको बजारको वृद्धि ‘अस्वभाविक’ भन्दै बढाउने र घटाउने चलखेल जारी रहेको दाबी समेत गर्न भ्याइसकेका छन् । उनीहरुले पछिल्लो समय नेपालको पूँजीबजारलाई बिनाकारण बढाउने र घटाउने खेल भइरहेको दाबी समेत गर्दै आएका छ्न ।
उछालको गतिमा कुदिरहेको बजारमा एकाएक गिरावटका कारण राताम्मे अवस्था देखेपछि लगानीकर्ता निराश बन्ने देखिन्छ । तर, कारोबार रकम ९४ करोड माथि रहेकोले अत्तालिनुपर्ने अवस्था छैन । बजारमा परिसूचक र कारोबार समानान्तर ढंगले घट्यो भने मात्र भविष्यमा बजार अझ घट्नसक्ने खतरा रहने जानकार बताउँछन् ।
सोमबार अन्य समूहमा २.९१ अंकको वृद्धि भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह ६.४१, होटल समूह ३६.७४, विकास बैंक समूह १८.६४, जलविद्युत समूह ३७.५९, बित्त समूह ०.६९, बिमा समूह २८.६, उत्पादनमूलक २१.१५ र माइक्रोफाइनान्स समूह ४.८७ अंकले घटे ।
‘क’ वर्गका कम्पनीका कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६६ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६९ कम्पनीका २६ लाख २ हजार ५ सय ७६ कित्ता सेयर ९४ करोड २० लाख ९३ हजार ४ सय ९ रुपैयाँमा किनबेच भयो ।
यो दिन सबैभन्दा बढी बैंक अफ काठमाण्डूको १२ करोड २९ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । यस्तै, नवील बैंकले ३ करोड ५५ लाख बढीको कारोबार गर्यो भने बुटवल पावर कम्पनीले २ करोड ४९ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ३० लाख, प्रभू इन्स्योरेन्सले २ करोड २९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २० लाख, एभरेष्ट बैंकले १ करोड ९६ लाख, नेपाल बैंकले १ करोड ९३ लाख, चिलिमे हाइड्रोले १ करोड ९० लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ३ कम्पनीका लगानीकर्ताले कुस्त कमाए । सिर्जना फाइनान्स बित्तीय संस्था, सूर्योदय लघुवित्त र कावेली विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago