काठमाण्डौ । सुस्त बसेका लगानीकर्ता बजारमा सलबलाउने क्रम केही बढ्न थालेको छ। बजारमा यसअघि जारी डाउन ट्रेण्ड अन्त भई बजार बुलिस ट्रेण्डमा कुद्नसक्ने अवस्था रहेको र डाउन ट्रेण्डको चक्र लगभग अन्त हुन लागेको केही विश्लेषकहरुको विश्लेषणप्रति लगानीकर्ता आशावादी देखिँदा बजारमा थोरै भए पनि सुधार देखिएको हो ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३.६२ अंकले बढेर ११९१.८२ को विन्दूमा पुगेको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.५९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत ०.२२ अंकको सुधार देखिएको छ । 
यो दिन बजारका ५ समूहको सूचकमा रातो पोतिभएको छ भने बाँकी ५ समूहको सूचक भने हराभरा भएका छन् । 

होटल समूह २०.१४ अंकले घटेको यो दिन जलविद्युत समूह ३.९९, बित्त समूह १.१२, उत्पादनमूलक ६.८२ र माइक्रोफाइनान्स समूह १.५ अंकले घटे । 
यो दिन बैंकिङ समूह भने २.९४ अंकले बढ्यो । यस्तै, विकास बैंक समूह ६.७७ अंक, निर्जीवन बिमा समूह ९.९२ अंक, जीवन बिमा समूह ५२.६७ अंक तथा अन्य समूह ६.३६ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५३ कम्पनीका ७ लाख ८१ हजार ४ सय ८४ कित्ता सेयर १८ करोड ४९ लाख ९ हजार २ सय ७० रुपैयाँमा किनबेच भयो । 

यो दिन जलविद्युत लगानी तथा विकास कम्पनीले सबैभन्दा बढी १ करोड २६ लाख बढीको कारोबार गरेको छ । 

यसैगरी, एनसीसी बैंकले ८९ लाख, नेपाल बैंकले ८९ लाख, एनएमबी बैंकले ८२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख, नवील बैंकले ५० लाख बढीको कारोबार गरे । यस्तै, सानिमा माई हाइड्रोले ५० लाख, एभरेष्ट बैंकले ४८ लाख, नेपाल बंगलादेश बैंकले ४४ लाख र सेञ्चुरी कमर्सियल बैंकले ४३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी 
यो दिन बजारमा नेशनल हाइड्रोपावर कम्पनी लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.५० प्रतिशतले वृद्धि भयो । 

जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर मूल्यमा समेत ५.३६ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले ठूलै पहिरो व्यहोरे । यो कम्पनीको सेयर मूल्यमा झण्डै १० प्रतिशतको गिरावट आयो ।