काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजार ६.६९ अंकले घटी नेप्से ११८०.६३ को विन्दूमा सीमित बन्न पुगेको छ । 

यो दिन बजारको एउटा समूहको उपसूचक सामान्य वृद्धि भएको छ भने अन्य सबै समूहको सूचक घट्यो । 

यो दिन व्यापार समूहको सूचक २.११ अंकले बढ्यो । बैंकिङ समूह ३.३७ अंक, होटल समूह ३१.५२ अंक, विकास बैंक समूह १.३१ अंक, जलविद्युत समूह १६.८८, बित्त समूह ०.७, निर्जीवन बिमा समूह ७०.०७ अंक, अन्य समूह ०.४२ अंक, माइक्रोफाइनान्स समूह १६.४७ अंक र निर्जीवन १०२.८३ अंकले घटे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.३७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.४८ अंकले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ८ लाख ६९ हजार ३ सय ७ कित्ता सेयर १९ करोड ६९ लाख ४५ हजार २ सय ३७ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड १९ लाख बढीको कारोबार गरे । सपोर्ट माइक्रोफाइनान्सले ९९ लाख, सानिमा माई हाइड्रोले ९० लाख, नेपाल टेलिकमले ५३ लाख, ग्लोबल आइएमई बैंकले ४६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ लाख, चिलिमे हाइडोले ३६ लाख, सिद्धार्थ बैंकले ३४ लाख, एनआइसी एशियाले ३३ लाख र मुक्तिनाथ विकास बैंकले ३१ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ३.८७ प्रतिशतको वृद्धि भयो । यो दिन साल्ट टेडिंग कर्पोरेसनको मूल्य ३.७० प्रतिशतको वृद्धि भयो । 

यो दिन मल्टीपर्पोज फाइनान्स कम्पनी लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ९.०९ प्रतिशतले घट्यो ।